‘तिहारको खेल, मज्जाको खेल’ अन्तरगत १० जनाले जिते नगद

Share:

बिग न्यूज
पोखरा, १६ कात्तिक ।  बिग एफएममा संचालित रेडियो गेम शा ‘तिहारको खेल, मज्जाको खेल’ अन्तरगत तीन दिनमा १० जनाले नगद जितेका छन् । काग तिहारदेखि गोबद्र्धन पूजासम्म चलेको रेडियो गेम शो अन्तरगत सबैभन्दा बढि नगद जित्नेमा अभिषेक केसी रहेका छन् । अन्तिम दिनको शो मा सहभागी भएर उनले १२ हजार रुपैयाँ जितेको एफएमले जनाएको छ ।

त्यस्तै दोस्रो दिन सुनील थापाले १० हजार रुपैयाँ जिते । त्यहि दिन रिया पुनले ५ हजार जितिन् भने पहिलो दिन सागर बरालले ५ हजार रुपैयाँ जिते । गेम शो अन्तरगत २ जनाले १ हजार रुपैयाँ नगद जितेका छन् । १ हजार रुपैयाँ जित्नेहरुमा निशा गुरुङ र ईश्वरी चापागाँई रहेका छन् । त्यस्तै मिनु गुरुङले पाँच सय रुपैयाँ जितिन् भने भुवन शर्माले १ सय रुपैयाँ जिते । निरज भुजेल र नन्दबहादुर गुरुङले भने नगद १ रुपैयाँ जितेको एफएमले जनाएको छ ।

स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गराई गेम शोमा सहभागिता जनाएका थिए । एसएमएस गरेका स्रोताहरुमध्येबाट लक्की ड्रमार्फत छनौट गरि एफएमले रेडियो गेम शो मा उनीहरुलाई सहभागी गराएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: