भाइटिका लाउन पोखरामा दोहो¥याएर आउन थाले पर्यटक

356
0
Share:

पोखरा, १७ कात्तिक
पश्चिमाञ्चल होटल संघ पोखराले भाइटिका महोत्सवलाई निरन्तरता दिएसँगै यो महोत्सवमा भाग लिन पर्यटकहरु दोहो¥याएर पोखरा आउन थालेका छन् ।
संघले तिहारका अवसरमा पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा मंगलबार आयोजना गरेको दशौं भाइटिका महोत्सवमा १५ देशका ५५ पर्यटकले भाग लिएको महोत्सवका संयोजक राजेन्द्र ढकालले जानकारी दिए । महोत्सवका सहसंयोजक केशवराज पहारीले यो पटक महोत्सवमा भाग लिन चाहने पर्यटकको संख्या अधिक भएको र आफ्नो एकल पहलमा पनि धेरै भन्दा धेरै पर्यटक जुटाउने वातावरण तयार पारेको जानकारी दिए ।
अष्ट्रेलिया लगायत सात देशका पर्यटकहरु यो पटक दोहो¥याएर भाइटिका महोत्सवमा भाग लिन आएको संघले जनाएको छ । दोश्रो पटक भाइटिका महोत्सवमा भाग लिन आएकी हल्याण्डकी हिल्ट्जे भ्यानले महोत्सवमा भाग लिएर नेपाली परम्परा अनुसार तिहारमा टिका लगाउन पाउँदा आफूले धन्य महसुश गरेको बताइन् ।
रेन्वो चिल्ड्रन होमका बालिकाहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि वालिकाहरुलाई दक्षिणा दिएका थिए ।सो अवसरमा आयोजना गरिएको देउसी भैलो र सांस्कृतिक कार्यक्रममा भरपूर मनोरञ्जन पनि लिए ।
अमेरिका, अष्ट्रेलिया, बंगलादेश, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, जापान, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, कोरिया, बेलायत, ब्राजिल लगायतका देशका पर्यटकले महोत्सवमा टिका लगाएका हुन् ।
कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ भाइटिका महोत्सव आयोजना गरिएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र यसैका माध्यमबाट पर्यटकलाई आकर्षित गरी देशको पर्यटन प्रवद्र्धन गर्ने अभियानले सकारात्मक प्रभाव पारेपछि आफूहरु उत्साही हुँदै गएको उनले सुनाए ।
कार्लसबर्ग, होटल ग्ल्यासेयिर र हार्वर रेष्टुरेण्टले सघाएको कार्यक्रम नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: