बिग आइकनको बैंकिङ पार्टनर ‘ओम डेभलपमेन्ट बैंक’

Share:

पोखरा, ७ मंसिर । सातौँ सँस्करणको बिग आइकनको बैंकिङ पार्टनरको रुपमा पोखराको ओम डेभलपमेन्ट बैंकले बिग एफएमसँग सहकार्य गरेको छ । सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स आपसमा जोडिएपछि बिग एफएमसँग सहकार्य गरेको यो पहिलोपटक हो । यद्यपी सिटीले यस अगाडिका ३ वटा सँस्करणमा बिग आइकनसँग सहकार्य गरिसकेको छ ।

बिग एफएमका अध्यक्ष महेश भण्डारी र ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीबीच मंगलबार इभेन्टका लागि सम्झौता भएको हो ।

सम्झौतापछि ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले यो सम्झौताले आपसी भाईचारा देखाउने बताए । ‘यो सम्झौता दुवै संस्थाको व्यवसायिक हितसँग पनि जोडिएको छ ।’ उनले भने–‘त्यो भन्दा बढि गायन प्रतिभाहरुलाई मञ्च दिईरहेको बिग एफएमसँगको सुमधुर सम्बन्ध पनि यो सम्झौताले देखाउँछ ।’ सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स जोडिएर बनेको ओम डेभलपमेन्ट बैंक पनि ‘प्रोमोशन फेज’मा भएकोले यो सम्झौता त्यसका लागि पनि फलदायी हुने उनले अपेक्षा गरे ।

त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले बैंकिङ पार्टनरको रुपमा ओम डेभलपमेन्ट बैंकसँग सहकार्य गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए । दुई सँस्थाको यो खाले भाईचारा आगामी दिनमा पनि निरन्तरता पाउनेमा उनी ढुक्क देखिए ।

बिग आइकनको सातौँ सँस्करण अन्तरगत हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ‘इन एशोसियसन विद‘मा कान्साइ पेन्ट्स नेपाल, ‘पावर्ड बाइ’मा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, ‘सपोर्टेड बाइ’ मा पोखरा ट्रेड मल, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी, को–स्पोन्सरमा पिपलडाली मसला, ब्रोडकास्टीङ पार्टनरमा एभिन्यूज, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।

बिग आइकनको सातौँ संस्करणका लागि यतिबेला आयोजक संस्था बिग एफएमले निशुल्क रुपमा फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: