अन्तर्राष्ट्रिय ह्याण्डवल प्रशिक्षक स्तभानद्धारा पोखरामा प्रशिक्षण, ७ जिल्लाका ३४ जना सहभागि

Share:

पोखरा ७, मंसिर-
अन्तराष्ट्रिय ह्याण्डबल महासंघ (आइ.एच.एफ) का ह्याण्डबल एट स्कुल कार्यक्रमका प्रशिक्षक एवम हङ्गेरियन ह्याण्डबल महासंघका वरिष्ठ प्रशिक्षक स्तभान जुहाजले पोखरामा ४ दिने ह्याण्डवल प्रशिक्षण गराएका छन ।
विद्यालय ह्याण्डवल संघ कास्कीको आयोजना तथा नेपाल ह्याण्डबल संघको सहयोगमा जुहाजले कास्की सहित ७ जिल्लाका ३४ जना बिद्यालयका खेल शिक्षकहरुलाई पोखरामा प्रशिक्षण गराएका हुन । विद्यालयमा ह्याण्डबल खेलको विकास एवम प्रवद्र्धन गर्न ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण आयोजना गरिएको दक्षिण एसियाली ह्याण्डवल महासंघका उपाध्यक्ष, नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य समेत रहेका तेज गुरुङ्गले बताए । उनले भने “ खेलकुदले समाजलाई एकिकृत पार्दछ, खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिष्प्रर्धा तथा भावनको विकास गराउछ । ”
महासंघका वरिष्ठ प्रशिक्षक इस्ताभान जुहाजले महासंघले नेपालमा धेरै सम्भावना देखेर उक्त प्राजेक्ट पारेको जनाए । उनले भने “ मैले सोचे भन्दा धेरै फरक पाए नेपाल, अनि नेपालीहरुको आतिथ्य सत्कार, नेपालमा ह्याण्डवल खेलको धेरै सम्भावन छ । ”
विद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, कास्की जिल्ल ह्याण्डवल स्ांघका अध्यक्ष शेरबहादुर गुरुङ, कार्यक्रम संयोजक अर्जुन प्रसाद अधिकारी, सचिव खिम गुरुङ्ग लगायतले बोलेका थिए । कार्यक्रममा शसस्त्र प्रहरी वल कालिका गण मालेपाटनका गणपति राम कुमार राई सहितको गणको टिमलाई संघले धन्यवाद दिएको छ भने प्रशिक्षार्थीहरुले प्रशिक्षकहरुलाई मायाको चिनो दिएका थिए ।
त्यसै गरी प्रशिक्षार्थी विशाल गुरुङले गुरुङ समुदायको पोषाक भाङ्गा समेत प्रशिक्षकलाई उपहार दिएका थिए । शसस्त्र प्रहरी वल कालिका गण मालेपाटनको ह्याण्डबल खेल मैदानमा संचालन भएको उक्त प्रशिक्षणमा सहभागि भएकाहरुलाई प्रमाणपत्र वितरण गरीएको थियो । राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक हिमाल राज दाहालले प्रशिक्षणमा सहजिकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: