
पोखरा, ९ मंसिर-
पोखरा ३ तेर्सापट्टीमा ट्रकले इलेक्ट्रिकल रिक्सालाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ । पोखरा २६ सराङकोटका नारायण सुबेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
४० वर्षिय सुबेदीको घटनास्थलमा मृत्यु भएको हो । ग १ ख ७७१ नम्बरको ट्रकले रिक्सालाई ठक्कर दिएको छ । उनको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल अस्पतालामा राखिएको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
