बिग आइकनको अनलाइन पार्टनर ‘जक्शन डटकम’

Share:

पोखरा, ९ मंसिर । सातौँ सँस्करणको बिग आइकनको अनलाइन पार्टनरमा जक्शन डटकमले बिग एफएमसँग सहकार्य गरेको छ । युवाहरुमाझ लोकप्रिय अनलाइन पोर्टल ‘जक्शन डटकम’ले बिग आइकनमा व्यवसायिक सहकार्य गरेको यो सहित दोस्रोपटक हो ।

बिग एफएमका अध्यक्ष महेश भण्डारी र जक्शन डटकमका म्यानेजर अरुण गिरीबीच इभेन्टका लागि सम्झौता भएको हो । सम्झौतापछि यो सँस्करणको बिग आइकनलाई अनलाइनमार्फत जक्शन डटकमले प्रबद्र्धन गर्नेछ ।

सम्झौतापछि बिग एफएमका अध्यक्ष महेश भण्डारीले युवाहरु मिलेर संचालनमा ल्याएको लोकप्रिय वेभसाइटसँगको सहकार्यले बिग आइकनलाई अझै बढि उचाँईमा पु¥याउने अपेक्षा गरे । ‘दुई लोकप्रिय मिडियाबीचको यो सहकार्यले इभेन्टलाई उँचाईमा पु¥याउनेमा हामी ढुक्क छौँ ।’ अध्यक्ष भण्डारीले भने–‘यसले दुवै मिडियालाई राम्रो गर्नेछ ।’

त्यस्तै जक्शन डटकमका म्यानेजर अरुण गिरीले अन्तराष्ट्रिय पहिचान स्थापित गरेको इभेन्ट बिग आइकनसँग जोडिनु जक्शन डटकमका लागि निकै फलदायी हुने बताए । ‘बिग आइकनले पोखरा र यहाँका संगीतलाई अन्तराष्ट्रियस्तरसम्म पु¥याउन भुमिका खेलेको छ । उनले भने–‘यस्तो खाले सफल इभेन्टसँग जोडिन पाउनु हाम्रो लागि पनि राम्रो कुरा हो ।’

बिग आइकनको सातौँ सँस्करण अन्तरगत हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ‘इन एशोसियसन विद‘मा कान्साइ पेन्ट्स नेपाल, ‘पावर्ड बाइ’मा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, ‘सपोर्टेड बाइ’ मा पोखरा ट्रेड मल, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी, को–स्पोन्सरमा पिपलडाली मसला, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, ब्रोडकास्टीङ पार्टनरमा एभिन्यूज, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।

बिग आइकनको सातौँ संस्करणका लागि यतिबेला आयोजक संस्था बिग एफएमले निशुल्क रुपमा फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: