अनेरास्ववियु क्षेत्र नं. ३ द्वारा पोखरामा सरसफाई

Share:

पोखरा, ९ मंसिर / अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, कास्की क्षेत्र नं. ३ कमिटिले पोखरामा विहीबार सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

पोखराको रत्नचोकदेखि एयरपोर्टसम्मको क्षेत्रमा अनेरास्ववियूले फोहोर संकलन गरेको हो । ‘आफ्नो ठाउँ आफैं बनाऊँ’ भन्ने उद्देश्यका साथ आयोजित सरसफाईमा अखिल सम्बद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो । सुन्दर नगरी पोखरालाई सधैं सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ । करिब एक ट्रक फोहोर संकलन भएको थियो ।

महेन्द्र पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य बिनोद भण्डारी, सिटिईभिटी कमिटी अध्यक्ष सन्तोष पोखरेल, जनप्रिय क्याम्पस कमिटि अपाध्यक्ष सुनिल पोखरेल, जनप्रिय प्लस टु अध्यक्ष सागर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीयवासीको समेत सहभागिता रहेको र आउदा दिनमा यस्ता सामाजिक कामलाई निरन्तरता दिन सुझाव मिलेको संयोजक पौडेलले बताए । कार्यक्रममा पौडेलले फोहोरमुक्त राष्ट्र निर्माणका लागि पहिले आफ्नै घर, टोल सफा हुनुपर्ने र यसको सुरुवात आफैबाट हुनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: