
शर्मिला शर्मा, पोखरा, १४ मंसिर–
नेपालकै सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता साताैं बिग आईकनको मुख्य प्रायोजकमा ईम्पल्स ईन्टरेनशनल इन्स्टीच्युटले व्यवसायिक सहकार्य गरेको छ । सातौं संस्करणको बिग आईकनको मुख्य प्रायोजन गर्ने बारे इम्पल्स इन्र्टरनेशनल इन्स्टीच्युटका म्यानेजिङ डाइरेक्टर सन्दीप अर्याल र बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालबीच मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
ईम्पल्सका डाइरेक्टर अर्यालले आफ्नो कम्पनीको प्रमोशनको लागि बिग आईकनको चर्चा र यसको लोकप्रियता देखेर यस इभेन्टसँग सहकार्य गरेको बताए । ईम्पल्सले यसअघि रेडियोका विभिन्न ईभेन्टहरुमा सहकार्य गरिसकेको छ । बिग एफएमका मार्केटिङ म्यानेजर बरालले बिग आईकनसँग व्यवसायिक सहकार्य गर्ने हात बढिरहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि ईम्पल्सजस्ता स्थापित संस्थाहरुको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।
सन् २०१० मा पोखरामा स्थापित यस ईम्पल्स ईन्टरनेशनल इन्स्टीच्युटले यूके, यूएसए, अष्ट्रेलिया, न्युजिल्याण्डका साथै डेनमार्क, माल्टा, आयरल्याण्ड, स्वीजरल्याण्ड लगायतका देशहरुमा समेत पढ्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्शका साथै आवश्यक तयारी कक्षा सञ्चालन गर्दै आएको छ । ईम्पल्सले गत वर्षबाट काठमाण्डौंको पुतलीसडकमा पनि सेवा विस्तार गरेको छ ।
बिग आइकनको सातौं संस्करण सम्पन्नार्थ अहिलेसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ईन एशोसियसन विथमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, मेन–स्पोन्सरमा मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार प्रायोजकको रुपमा ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालि, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी, हस्पिटालिटि पार्टनरमा होटल बाराशी, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरिसकेका छन् ।
