
पोखरा, २२ मंसिर-
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागीका पश्चिमाञ्चलस्तरीबाट टेबलटेनिसका खेलाडी छनोट भएका छन् । सोमबार र मंगलबार भएको छनोट खेलबाट ६ महिला र ६ पुरुष खेलाडी छनोट भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । छनोट हुने पुरुष खेलाडीहरुमा नारायण घिमिरे (रुपन्देही), शिब पुन (रुपन्देही), सुनिल श्रेष्ठ (रुपन्देही),किसन जि.सी (कास्की), कपिल थापा (कपिलबस्तु) रहेका छन भने महिला तर्फ गिता अर्याल (रुपन्देही), अमृता थापा(रुपन्देही), विनिता रानामगर (रुपन्देही), मुना थापा (कास्की) र प्रकृति मगर (कपिलबस्तु) छनोट भएका छन् । छनोट प्रतियोगितामा १६ जिल्लाका ३५ पुरुष र २३ महिला गरि ५८ जनाले प्रतिस्पर्धा गरेका थिए ।
छनोट प्रतियोगिता अन्र्तगत चार सय मिटर महिला दौडमा कास्कीकी अनिषा भण्डारीले स्वर्ण पदक जितेकी छन् । नवलपरासीकी कल्पना श्रेष्ठले रजत र गोर्खाकी पार्वती श्रेष्ठले कास्य पदक प्राप्त गरेकी छन् । आठ सय मिटर पुरुष दौडमा गुल्मीका रोहित अधिकारीले स्वर्ण, म्याग्दीका सरोज खत्रीले रजत र बाग्लुङका चन्द्रबहादुर मल्लले कास्य पदक जितेका छन् । आठ सय मिटर दौडको प्रतिस्पर्धामा नवलपरासीकी गुडिया गुप्ताले स्वर्ण, गुल्मीकी निता विकले रजत र म्याग्दीकी दिपा कार्कीले कास्य पदक जिते ।
त्यस्तै शटफुट महिला तर्फ तनहुँकी डिलमाया थापाले स्वर्ण,कास्कीकी सोनु नेपालीले रजत र अनुजा सिंजालीले कास्य पदक जितेकी छन् ।शटपुट पुरुष तर्फ तनहुँका भद्रबहादुर खत्री थापाले स्वर्ण, केशव कुमालले रजत र विनोद थनेतले कास्य पदक जितेका छन् । छनोट अन्र्तगत लङगजम्प पुरुष तर्फ कास्कीका विकास कुमार शाहले स्वर्ण, लम्जुङका जयन्द्र गुरुङे रजत र नवलपरासीका किरण थारुले कास्य पदक प्राप्त गरे । लङजम्प महिला तर्फ नवलपरासीका विपना परियारले स्वर्ण, ज्योती श्रेष्ठले रजत र इशा गुरुङले कास्य पदक जिते ।
ज्याभलिन थ्रो पुरुष तर्फ कपिलबस्तुका अगवानसिह घर्ती मगरले स्वर्ण, तनहुँका भद्रबहादुर खत्रीले रजत र मनाङका विकासबाबु बरामले कास्य पदक प्राप्त गरे । ज्याभलिन थ्रो महिला तर्फ कास्कीकी मनिषा आलेले स्वर्ण, कास्कीकै सोनु नेपालीले रजत र नवलपरासीकी लक्ष्मीदेवी थारुले कास्य पदक जितिन् । प्रतियोगिता अन्र्तगत मंगलबार भएको बास्केट बल खेलमा स्याङजा जिल्ला बास्केटबल संघले बाग्लुङ जिल्लालाई ५१–४५ को स्कोरमा पाखा लगायो । अर्को खेलमा रुपन्देहीले नवलपरासीलाई ७०–२६ को स्कोरमा पराजित गर्यो भने तनहुँले बाग्लुङलाई ५३–४२ को स्कोरमा पाखा लगायो । चैथो खेलमा लम्जुङे नवलपरासीलाई ४८–२८ को स्कोरमा पराजित गरेको छ ।
त्यस्तै पोखरा रगंशालामा सम्पन्न क्रिकेट खेलमा पाल्पा जिल्ला क्रिकेट संघले पर्वत जिल्ला क्रिकेट संघलाई ६ विक्रेटले पराजित गरेको छ । दोसे खेलमा स्याङले तनहुँलाई १० रनले हरायो । त्स्तै नगर विकास केन्द्रमा भएको खेल मैदानमा भएको खेलमा नवलपरासीले बाग्लुङले १० रनले पराजित गरेको छ । अर्को खेलमा बाग्लुङले कपिलबस्तुलाई ५ रनले पाखा लगाउदै विजयी भयो ।
छनोट अन्र्तगत भएको फुटबल प्रतियोगितामा पाल्पाले म्याग्दीलाई ४–० को फराकिलो जित निकाल्यो ।दोश्रो खेलमा स्याङजाले लम्जुङलाई ३–० गोल अन्र्तरले पाखा लगायो । तेश्रो खेलमा गोर्खाले मुस्ताङलाई २ –० गोल अन्र्तरले पराजित गर्यो भने अन्तिम खेलमा रुपन्देहीले मनाङमाथि २–० कै जित दर्ता गर्यो ।
