एमालेले अाजपनि संसद बैठक चल्न दिएन

234
0
Share:

काठमाडौँ, २२ मङ्सिर–
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाउनुभएको थियो ।

संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलले मङ्सिर १६ गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रको व्यहोरा बढेर सुनाउनु हुने कार्यक्रम थियो ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तउपर सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले दर्ता गरेकाे महाभियोगको प्रस्तावमाथिको छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।
सांसदको अर्काे बैठक यही मङिसर २४ गते अपराह्न ३ बजे बस्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: