पोखराको शिखर दोहोरी दोस्रो बर्षमा

Share:

पोखरा, २२ मंसिर-
शिखर दोहोरी साँझले प्रथम वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ‘विशेष सांगीतिक साँझ’ आयोजना गरेको छ । ट्याक्सीचोक बगरमा सञ्चालन भएको साँझले यही २३, २४ र २५ गते वार्षिकउत्सव मनाउन लागेको हो । सांगीतिक साँझमा राजु परियार, प्रजापति पराजुली, तारापती सुवेदी, पार्वती जिसी, चोलेन्द्र पौडेल, जीवन दाहाल, शंकरबिरही गुरुङ, जयकुमार परियार, कृष्णा गुरुङ, माया गुरुङ, ज्योति लोहनी, तुलसा जिसी, शान्ति गुरुङ, ओम गुरुङ, सन्तोष बस्याल र सुनिल गायकको प्रस्तुति रहने सञ्चालक लक्ष्मी नेपालीले जनाईन् ।
वार्षिकउत्सवको अवसरमा पोखरामा रहेर मिडियाको माध्यमबाट लोक तथा दोहोरी क्षेत्रमा योगदान पु¥याएवापत समाधान राष्ट्रिय दैनिकका संवाददाता सन्तोष सुवेदी र फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई सम्मान गरिँदैछ । त्यस्तै दोहोरी संरक्षक प्रजापती पराजुली, गायिका पार्वती जिसी, गायक तथा संगीतकार जयकुमार परियारलाई सम्मान गरिने नेपालीले बताईन् । सो अवसरमा दीपक थापाको हाँस्य नृत्य पनि देखाईनेछ ।
दोहोरी साँझमा विनोद विक, रनु गुरुङ, केशव सुवेदी, शान्ति अधिकारी, आशा विक, पार्वती सुनुवार, मिन गैह्रे, बेलबहादुर विक, सन्देश गायक र रवि गायकको नियमित प्रस्तुति रहदै आएको छ । उक्त दोहोरी साँझलाई विष्णु क्षेत्री, कपिल थापा, सुरज शाह र लक्ष्मी नेपालीले सञ्चालनमा ल्याएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: