संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद संकल्प २२५० को पहिलो वार्षिकोत्सव पोखरामा मनाईयो

887
0
Share:

पोखरा, २२ मंसिर-
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद संकल्प २२५० ले आफ्नो पहिलो वार्षिकोत्सव रोट्र्याक्ट क्लब अफ पोखराको आयोजनामा पोखरामा आज मनाएको छ । अन्तराष्ट्रिय मानव अधिकार दिवस २०१६ र युवा शान्ति, र सुरक्षाका सम्बन्धमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको संकल्प २२५० को पहिलो वार्षिकोत्सवको अवसरमा युवा शान्ति, र सुरक्षाका सम्बन्धमा संयुक्त रास्ट्र संघ सुरक्षा परिषदको संकल्प २२५० को कार्यन्वयनमा युवा र सरोकारवाला हरुको भूमिका र चुनौती विषयक अन्तर्राष्ट्रिय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गुरु चेला नेपाल र जागृति बाल तथा युवा सरोकार नेपाल को सहकार्यमा रोट्र्याक्ट क्लब अफ पोखराद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर्क्रिया कार्यक्रममा बंगलादेश र फ्रेन्डशिप बंगलादेशको प्रतिनिधित्व सहित सात बंगलादेशी नागरिकहरुको पनि सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उक्त संकल्प २२५० गत वर्षको डिसेम्बर ९ मा पास एवं घोसणा गरेको थियो जसले सबै तहका नेत्रित्व तहमा युवाहरुको प्रतिनिधित्व बढाउने प्रण गरेको छ ।
कार्यक्रमका प्रमुख वक्ता एवं जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष त्रिलोत्तम पौडेलले भने, “संयुक्त रास्ट्र संघ सुरक्षा परिषदको संकल्प २२५० ले युवा, शान्ति र सुरक्षामा पहिलो सरोकार राखेको छ” ।
उक्त संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको संकल्प २२५० लाई नेपालमा पनि कार्यन्वयनमा सहजताका लागि सर्च फर कमान ग्राउण्डको पहल र युएनएफपीए, रास्ट्रीय युवा परिषद तथा युवा अभियानको सहकार्यमा इन्फोग्राफ तयार पारिएको जानकारी दिदै भने, “संकल्प २२५० को आधारमा सम्पूर्ण सदस्य रास्ट्र हरुले संयुक्त रास्ट्र संघ सुरक्षा परिषदको संकल्प २२५० को सहभागिता, संरक्षण, रोकथाम, साझेदारी र असंग्लनता तथा पुनस् समायोजन जस्ता प्रमुख पाँच एजेण्डा हरुलाई अंगाल्नु पर्नेछ ” ।
रोट्र्याक्ट क्लब अफ पोखराका अध्यक्ष रोट्र्याक्टर शिवलाल सुनारको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा रास्ट्रीय युवा परिषद, जिल्ला युवा समिति कास्की, लायन्स क्लब अफ पोखरा सेन्ट्रल स्टार, कलेक्टिभ क्याम्पेइंग फर पिस, विभिन्न राजनैतिक संगठन र युवा सरोकारका संस्थाहरु र विभिन्न क्षेत्रका युवाहरुको को सहभागिता रहेको कार्यक्रमका संचालक रोट्र्याक्टर विश्वदर्शन पराजुलीले बताए ।
गुरुचेला नेपालका प्रबन्धक सुवास मल्लले अन्तर्क्रिया कार्यक्रम नेतृत्व तहमा युवा सहभागिता बढाउन र मानव आधिकार प्राप्त गर्न अत्यन्तै फाईदाजनक रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: