
लेखनाथ २२, मंसिर-
नेपाल सरकारका पर्यटन तथा संस्कृती मन्त्री जिवन बहादुर शाहीले पोखरामा क्षेत्रियस्तरको अन्तराष्ट्रिय विमानस्थल बन्नेमा ढुक्क हुन सवैमा अनुरोध गरेका छन् ।
एयर पोटका लागि कागजी कामहरु भईरहेको र अन्तिम डिपिआर भई टेण्डर प्रक्रियामा समेत पुगेको निर्माण कार्य पनि सुरु भईसकेकाले अवको चार वर्ष भित्र निर्माण कार्य पुरा भई पोखरेली जनताले बर्षौंदेखि देखेको सपना पुरा हुने उनले बताए ।
मन्त्री शाहीले विकासका लागि जनताको सहयोग चाहिने पनि बताएका छन् ।
कास्कीको रुपकोट गाविसमा शान्तिरुपा बराहथोक तमु समाजले कोट भौरबमा निर्माण गरेको पिकनिक स्पोटको बुधवार उद्घाटन गर्दै मन्त्री साहीले सरकार एक्लैले विकास गर्ने होेईन त्यसमा जनताको सहकार्य भएमा जुन सुकै विकास निर्माणका कामहरु पनि प्रभावकारी तरिकाले अगाडी वढ्नेमा विश्वास ब्यक्त गरेका हुन् ।
पोखरा बाट करिव १५ किलोमिटरको दुरीमा रहेको रमणिय कोट भैरव मन्दिर परिसरमा मनोरम हिमश्रङखला,पोखरा र लेखनाथको दृश्यावलोकन साथै बेगनास र रुपाताललाई सजिलैसगँ देख्न सकिने स्थानमा निर्माण गरिएको पिकनिक स्थलको शुभारम्भ गर्दै मन्त्री साहीले पर्यटन विकसका पुर्वाधारहरु निर्माण गर्न सके डलर कमाउन विदेश जाने नेपालीको घर आगनमा नै विदेशीहरु डलर दिन आउने ठोकुवा गरेका थिए।
सरकार विकास निर्माणको अभियानमा छ तर त्यसमा जनस्तरबाट सहयोग चाहिने विचार राख्दै उनले राजनितीका लागि विकास होईन विकासका लागि राजनीति गर्न समेत सवैमा अनुरोध गरेका थिए।
नेपालको विकास पर्यटनसँग जोडिएको तर्क राख्दै मन्त्री साहीले यहाँ प्राकृतीक संरचनाहरुलाई नविगारी पर्यटन आउने वातावरण सृजना गर्न सक्ने हो भने हामीले थामी नसक्ने पर्यटनहरु नेपाल आउछन् जसका लागि विकासका पुर्वाधारहरु चाहिन्छन्,तपाईहरु योजना वनाउनुहोस् सरकारको तर्फबाट सक्दो सहयोग आउछ उनको भनाई थियो ।
