पश्चिमाञ्चलस्तरीय क्षेत्रिय ह्याण्डबल छनौटमा कास्की प्रथम

Share:

पोखरा, २२ मंसिर-
पुर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल स्तरिय छनौट पुरुष ह्याण्डबल प्रतियोगिता बुधवार पोखरामा सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा कास्की अंकका आधारमा प्रथम भएको छ । त्यसै गरि प्रतियोगितामा बागलुङ्ग दोश्रो र रुपन्देहीले तेश्रो स्थान प्राप्त गरेको छ ।

विजयी टिमका खेलाडीहरुलाई नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्ग, कास्की जिल्ला ह्याण्डबल संघका सचिव चित्र थापा, कास्की जिल्ला विद्यालय ह्याण्डबल संघका सदस्य अर्जुन अधिकारी लगाएतले मेडल तथा प्रमाण वितरण गरेका थिए । नेपाल ह्याण्डवल संघका उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संघका केन्द्रिय सचिव केशव पाठकले गरेका थिए ।
ह्याण्डबलमा कास्कीका खेलाडीले बर्चश्व जमाएका छन् । छनोट भएका १४ खेलाडीमा ९ जना कास्कीबाट परेका छन् ।

छनोट प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न खेलबाट विशाल बस्नेत(कास्की),बिमल अधिकारी (कास्की), सन्दिप खड्का (कास्की),दिनेश श्रेष्ठ(कास्की), प्रेम गुरुङ(कास्की), सरन थापा (कास्की),चन्द्र केसी(कास्की),भासु गुरुङ(कास्की),सुरज देवकोटा(कास्की), प्रतिक भुजेल(रुपन्देही), प्रतिक थापा(रुपन्देही), प्रचन काला(बाग्लुङ), कल्याण भण्डारी(बाग्लुङ), डम्वर बहादुर महतो(नवलपरासी) रहेका छन् भने बैकल्पिकमा गणेश कार्की (बाग्लुङ) र तारा केसी(कास्की) रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: