संविधान संशोधन फिर्ता हुँदैनः अर्थमन्त्री महरा

Share:

श्यामशितल परियार
लमजुङ, २५ मंसिर-
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन फिर्ता नहुने बताएका छन् । सरकारले संविधान संशोधन संसदमा पेशपछि विरोध र समर्थनका स्वरहरु आएको बताउँदै उनले यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।
प्रेस सेन्टर नेपाल लमजुङले बेसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘सरकाले संविधान संशोधन संसदमा पेश गरेको छ । यसको पक्ष/विपक्ष, आलोचना, समर्थन र विरोध सबै तरंगमा उठेको छ । यसलाई स्वाभिक रुपमा लिनुपर्छ ।’ संविधान संशोधन परिमार्जन हुन सक्ने तर संशोधन भने फिर्ता नहुने उनले बताए ।
अर्को प्रसंगमा अर्थमन्त्री महराले पुरक बजेटको विषयमा राजनीतिक दलबीच छलफल चलेको बताउँदै सबै एउटा निष्कर्षमा पुगेपछि पुरक बजेट आउने बताए ।
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणलाई तीव्रता दिन आवास निर्माणमा एक लाख थप्न झण्डै ८० अरब पैसा चाहिने उनले बताए । । यसका लागि अर्को बजेट ल्याउनुपर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: