बारामा जन्ती बोकेको बस र कार ठोक्किँदा ४ जनाको मृत्यु

311
0
Share:

मंसिर २५ गते-
बाराको आधाभारमा बस र कार आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

हेटौंडातर्फ जन्ती लिएर गएको ना ६ ख ६७५४ नम्बरको बस र पथलैयातर्फ आउँदै गरेको बा १२ च ८२९० नम्बरको कार आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी कार चालक खोटाङ–८ रामधनीका दिपक थापा, सोही स्थानका महेन्द्र आले, कुमारी थापा र उनका ११ महिनाका छोरो जेनीस आलेको ज्यान गएको हो ।

दुर्घटनामा बसमा सवार केही जन्ती सामान्य घाइते भएका छन् । अत्याधिक गतिका कारण कार अनियन्त्रित भई बसमा ठोक्किएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: