स्याङजाको भीरकोटमा पहिलो पटक महोत्सव

Share:

रञ्जन अधिकारी,
पोखरा, २६ मंसिर-
स्याङ्जाको भीरकोटमा पहिलो पटक महोत्सब हुने भएको छ । हालै नगरपालिका घोषित भीरकोट नगरपालिकामा गठन भएको भीरकोट उद्योग बाणिज्य संघले महोत्सब आयोजना गर्न लागेको हो ।

भीरकोट नगरपालिका १ स्थित सिसौघारी मैदानमा आगामी पुस ८ देखि १८ गते सम्म हुने महोत्सब बारे आयोजकले पोखरामा आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । स्थानिय प्रतिभा प्रष्फुटन सहित स्थानिय स्तरमा उत्पादित बस्तुको प्रबद्र्धनमा जोड दिने गरी महोत्सब आयोजना गरिएको संघका अध्यक्ष हर्क गुरुङले जानकारी दिए ।

११ दिन सम्म चल्ने महोत्सबमा औद्योगिक ब्यापार मेला, बाल उद्यान, सास्कृतिक कार्यक्रम तथा भेषभुषा प्रदर्शनी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, कृषी मेला, पशुपंक्षीको बिक्री एबं प्रदर्शनी , सुन्तला प्रदर्शनी लगायत समावेश गरिएको महोत्सब संयोजकसमेत रहेका गुरुङले जानकारी दिए । महोत्सबमा विभिन्न प्रकृतिका झण्डै एक सय ५० स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सब सम्पन्न गर्न मुल आयोजक समिति सहित विभिन्न उपसमिति गठन गरी तयारी तिब्र पारिएको संघका महासचिव कमल विकास त्रिपाठीले जानकारी दिए । महोत्सब अबधिभर झण्डै तीन करोडको आर्थिक कारोवार हुने र झण्डै साढे दुई लाख दर्शक भित्राउने लक्ष्य राखिएको छ । मेला प्रवेशका लागि सर्वसाधारणलाई ५० र बिद्यार्थीका लागि ३० रुपैया टिकटदर कायम गरिनुको साथै मेला अबधिभरका लागि पाँच सय रुपैयाको प्रवेश पासको समेत ब्यवस्था गरिएको छ । महोत्सब सम्पन्न गर्न ६८ लाख ७५ हजार रुपैया खर्च हुने र सोहि बराबरको आम्दानी हुने अनुमान छ । महोत्सबबाट रकम बचत हुन आएमा सोहि क्षेत्रको कृषी, पर्यटन, खेलमैदानको स्तरबृद्धिमा खर्च गर्ने आयोजकले जनाएको छ ।

मेलामा आयोजित रत्यौली गीत प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १०, तेस्रो हुनेलाई पाँच तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई तीन हजार रुपैया पुरस्कार प्रदान गरिने महोत्सबका सास्कृतिक संयोजक तुलसी प्रभासले जानकारीदिए । त्यस्तै खुल्ला गजल वाचन प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रोलाई ७, तेस्रो हुनेलाई पाँच र सान्त्वना हुनेलाई तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

महोत्सबको अबसरमा अगुवा उत्कृष्ट किसान छनौट गरी सम्मान समेत गरिने आयोजकले जनाएको छ । उत्कृष्ट किसान तर्फ पहिलोलाई १० हजार, दोस्रोलाई ७, तेस्रोलाई ५ र सान्त्वेनालाई एक हजार नगद पुरस्कार सहित सम्मान गरिनेछ ।

बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई पाँच र सान्त्वना हुनेलाई दुई हजार रुपैया प्रदान गरिनेछ । क्लब स्तरीय लोकनृत्य तर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १५, तेस्रोले १० र सान्तवना हुनेले पाँच हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् । महोत्सबमा अबसरमा प्रदर्शन गरिने सस्कृति, झाकी तथा भेषभुषा तर्फ पहिलो हुनेलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैया प्रदान गरिनेछ । नगरपालिका घोषणा भएपछि गठन भएको भिरकोट उद्योग बाणिज्य संघमा झण्डै पाँच सय सदस्य छन् ।

कमेन्ट गर्नुहोस्
Share: