
पोखरा, २६ मङ्सिर-
नेपाली साहित्यमा नारीहरुको अवस्थाका बारेमा पोखरा परिचर्चा गरिएको छ । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको नियमित मासिक कार्यव्रmमको ६९ आँै शृङ्खलामा डा. रजनी ढकालले प्रस्तुत गर्नुभएको ‘नेपाली नारी साहित्य लेखनको वर्तमान अवस्था’ विषयक अवधारणा पत्रमा केन्द्रीत भएर बहस गरिएको हो ।
वर्तमान नेपाली साहित्यमा नारीहरुमाथि हिंसाको अवस्था रहेको ढकालको जिकिर थियो । पितृसत्तात्मक सामाजिक व्यवस्थाका कारण प्रतिभाशाली नारीहरु खुलेर साहित्य लेखनमा आउन नसकेको उहाँको भनाइ थियो । पुरुषसरह नारी स्रष्टाले सिर्जना कर्ममा लाग्न नसकेको बताउँदै उहाँले नारीलाई सधैँ प्रश्न र शङ्काको घेरामा राखिरहने हो भने लेखन कलाको विकासमा बाधा पुग्ने औँल्याउनुभयो ।
सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा विमला भण्डारी, लक्ष्मी थापा, गौरी तमु, प्रतिभा शर्मा, तुलसी प्रवास, चमेली खाती परियार, लोचना अधिकारी, साधुराम लामिछाने, गीता तिवारी, मौसम चिनाल, सावित्री गौतम, कञ्चन थापा, अम्बिका भण्डारी, दीपक परियार, जैनव खातुन, माया गुरुङ ‘मनाङी’, जुनाकुमारी गुरुङ, दीपक पराजुली, सरस्वती श्रेष्ठ ‘सरु’, देवी त्रिपाठी, अमृत सुवेदीले टिप्पणी गर्नुभएको थियो ।
सोसाइटीका सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी पुसको २३ गते शनिबार हुने ७० औँ शृङ्खलामा खगेन्द्र सङ्ग्रौलाको प्रस्तुतीसहित रेशम विरहीको कृति ‘देब्रे आँखा’माथि छलफल गरिने जानकारी दिनुभयो । पठन संस्कृतिको विकासमा व्रिmयाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तु माथि छलफल गर्दै आएको छ ।
