पोखरामा पुस ९ गते भक्ति संगीत साँझ हुँदै

Share:

पोखरा, २७ मंसिर-
भक्ति संगीत प्रतिष्ठान नेपालले भक्ति संगीत पुरस्कार अक्षयकोष स्थापनार्थ भक्ति संगीत साँझ २०७३ गर्ने भएको छ ।
भक्ति संगीत प्रतिष्ठान आयोजक र त्रिवेणी संगीतालय सहआयोजक रहेर सम्पन्न गर्न लागेको कार्यक्रमका लागि दुई लाख ४० हजार खर्च लाग्ने आयोजकले बताएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि लक्ष्मी गिरीको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । कार्यक्रमबाट एक लाख ६० हजार बचत गर्ने लक्ष्य लिएको कार्यक्रम संयोजक गिरीले बताइन् ।
यही पुस ९ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त कार्यक्रमका लागि सबैलाई सहयोग गर्नका लागि आयोजक संस्थाले अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: