
पोखरा, २८ मंसिर-
कास्कीको विजयपुरमा एउटा ट्रिपर पुलबाट नदीमा खसेको छ । मङ्गलबार साँझ ग १ ख ३७ १८ नम्बरको ट्रिपर पुलबाट खसेको हो । दुर्घटनामा परी दुईजना घाईते भएका छन् । घाईतेमध्ये एकजनालाई पानीबाट बाहिर निकाली उद्धार गरिएको थियो । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनाको थप विवरण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
