पोखराको विजयपुर खोलामा पुलबाट ट्रिपर खस्दा एकजनाको मृत्यु

Share:

पोखरा, २९ मंसिर-
पोखराको चाउथे स्थित विजयपुर पुलबाट ट्रिपर खस्दा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पोखराबाट लेखनाथ तर्फ जादै गरेको ग १ ख ३७१८ नम्बरको ट्रिपर विजयपुर खोलाको पुलबाट तल खसेको हो ।
ट्रिपरका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि अर्का एक जनाको घाइते भएको उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रिपरका चालक तनहु शुक्ला गण्डकीका २७ बर्षीय टुक वहादुर क्षेत्रीको मृत्यु भएके हो भने सहचालक प्रेम नेपाली सामान्य घाइते छन् ।

कमेन्ट गर्नुहोस्
Share: