
पोखरा, ३० मंसिर-
लायन्स क्लब अफ पोखरा लेक भ्यालीले २० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । मंगलबार पोखरा २६ सेदि हाईटस्थित ईन्फिनिटि रिसोर्टमा आयोजित क्लबको तेश्रो पदस्थापन कार्यक्रमका क्लबका अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले सो घोषणा गरेका हुन् ।
अवसरमा क्लबका ३१ जना सदस्यहरुमध्ये १७ जनाले आजिवन सदस्य बनि क्लबको अक्षयको स्थापनामा जनही १०/१० हजार प्रदान गरेका थिए । अक्षयकोषमा प्रति सदस्य ५० हजार प्रदान गर्ने योजना रहेको मेम्बरसिप चियर पर्सन तारानाथ पहारीले वताए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रक्ट ३२५ बि १ का गभर्नर बालकृष्ण वुर्लाकोटीले कार्यक्रमको उद्घाटन गर्दै हरेक क्लबका गतिबिधिहरु फरक फरक हुने यस प्रकारको कार्यक्रमले हरेक वर्ष सदस्यता नविकरणमा सहयोग पुग्ने वताए ।
क्लबले मस्तिष्क पक्षघात भएका वालवालिकालाई विभिन्न कार्यक्रम गर्दै आएको लेनपा १७ भरतपोखरीको साथी संसार नेपाल संस्थालाई २५ हजार सहयोग गर्दै संस्थालाई सम्मानपत्र द्धारा सम्मान गरेको थियो । क्लबका अध्यक्ष ईन्द्रप्रसाद भण्डारी तथा प्रमुख अतिथि वुर्लाकोटीले संस्थाका कार्यक्रम संयोजक नारायण अधिकारीलाई सम्मानपत्र तथा चेक प्रदान गरेका थिए ।
क्लबका वर्ष २०१५/२०१६ का अध्यक्ष भगवान पहारीको अध्यक्षतामा पहिलो सत्र तथा वर्ष २०१६/२०१७ का अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले दोश्रो सत्रको अध्यक्षता गरेको सो कार्यक्रममा भगवान पहारीले ईन्द्रप्रसाद भण्डारीलाई स्वागत गर्दै पदस्थापना गराएका थिए ।
कार्यक्रमका आफ्नो कार्यकालमा क्लबका गतिविधिहरुमा सहयोग गर्ने सम्पुर्ण सदस्यहरुलाई मायाको चिनो प्रदान गर्दै भगवान पहारीले सबैलाई धन्यावाद दिएका थिए भने स्वागत प्रथम उपाध्यक्ष शंकर गिरीले र संचालन क्लबका सचिव सुवास सुवेदीले गरेका थिए ।
