
पोखरा, ४ पुस-
बतास अर्गनाइजेसनको भातृ संगठन त्रिथुंगा टे«डिङ कन्सर्न प्रालिले नेपालमा सोलार सम्बन्धी सामानहरु भित्र्याएको छ । प्रालिले सोलार प्यानल र व्याट्री बंगलनादेशको रहिमाफ्रुज कम्पनीबाट आयात गरेको हो । साथै लेन्टो इन्डष्ट्रिज प्रालि इन्डियाबाट उत्पादित सोलार इन्भर्टर र सौर्य सडक बत्तीको पनि हालै नेपालमा बिक्री सुरुवात गरिएको प्रालिका प्रवन्ध निर्देशक डिल्लिराज सुवेदीले जानकारी दिए ।
५ सय ५० भिए क्षमतादेखि ५ केभिए क्षमतासम्मका इन्भर्टर नेपालमा भित्र्याएको उनले जानकारी दिए । सडक बत्ती २०, ४० र ६० वाटमा उपलब्ध छ । बजार बिस्तार गर्ने क्रममा नयाँ ब्राण्डहरु नेपालमा भित्र्याएको सुवेदीले बताए । बिक्री सुरुवात भएका सबै सामग्री वैकल्पिक ऊर्जा अन्तर्गत प्रमाणित भएको उनले जानकारी दिए । ‘गुणस्तरीय सामानहरु बजारमा ल्याइएको छ,’ उनले भने, ‘यसबाट वैकल्पिक ऊर्जाको प्रयागमा मद्दत मिल्छ ।’
जर्मन प्रविधिमा बंगलादेशमा उत्पादित ग्लोब्याट ब्राण्डका अटोमोटिभ व्याट्रीहरु नेपालमा ८ वर्षदेखि त्रिथुंगाले बिक्री गर्दै आइरहेको छ । ‘अन्य ब्राण्डका व्याट्री भन्दा यो व्याट्री नेपालमा गुणस्तरीय उत्पादनमा रुपमा लिइने गरिएको छ,’ उनले भने । नेपाल भरका ३६ वटा डिलरबाट यी ब्राण्डहरु बिक्री हुँदै आइरहेको छ । डेल्ट्रा ब्राण्डका इरिक्सा व्याट्रीहरु बढी माइलेज दिने र टिकाउयुक्त रहेको सुवेदीले जानकारी दिए ।
