नेपाल ओलम्पिक कमिटिका अध्यक्षले गरे पोखरा रंगशालाको निरिक्षण

Share:

बिग न्यूज
पोखरा, ५ पुस । नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले पोखरा रंगशाला लगाएत अन्य खेलकुदका संभावित क्षेत्रमा निरिक्षण भ्रमण गरेका छन । चिल्डे«न अफ एशिया गेम्स इन्टरनेशनल कमिटीका  अध्यक्ष डिमिट्री ग्लुस्को सहित अध्यक्ष श्रेष्ठले बाल–बालिकाको खेल विकासका लागि पोखरा नेपालको संभावित क्षेत्रमा रहेकोले अध्ययन भइरहेको बताए ।

पोखरा रंगशालामा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, सदस्य देवेन्द्र बास्तोला, लन टेनिस संघका जिल्ला अध्यक्ष विनोद कायस्थ र संघका अन्य पदाधिकारीले स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलकुदमा वातावरण मैत्री बनाउनु पर्ने कुरा हरुमा जोड दिएका थिए । पोखरा खेलकुदको राजधानीको रुपमा विकास गर्न र दक्षिण एशियाकै खेलकुद पर्यटन हवको रुपमा विकास गर्नु पर्नेमा उनको जोड थियो ।

अध्यक्ष श्रेष्ठले चिल्डे«न अफ एशिया गेम्स इन्टरनेशनल कमिटीका अध्यक्षलाई पोखरा भ्रमण गराउनुको उद्धेश्य पनि यस क्षेत्रको खेल विकासका लागि रहेको वताए । पोखराको दुइ दिने वसाईको क्रममा पानीमा खेलिने खेलका लागि वेगनास ताल महत्वपुर्ण हुने वताए । उनले पोखरा रंगशालाको भौतिक पुर्वाधार निर्माणमा ध्यान दिन आग्रह गर्दै रंगशालाको लन टेनिस कोर्टको भइरहेको प्रगतीका बारेमा चासोका साथ निरिक्षण गरे ।

कमेन्ट गर्नुहोस्
Share: