१५ वर्षपछि कास्कीले जित्यो ठूलो उपाधी

Share:

पोखरा, ५ पुस-
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले पहिलो पटक आयोजना गरेको औधोगिक मेलामा नगद १ लाख सहित पुरुष भलिवल उपाधी जितेर फर्केको कास्की टिमलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती र जिल्ला खेलकुद विकास समिती कास्की र जिल्ला भलिवल संघ कास्कीले पोखरामा स्वागत र सम्मान गरेको छ ।
कास्कीले क्षेत्रिय प्रतियोगितामा १५ वर्ष पछि जितेको सर्वाधिक राशीको पुरुस्कार पहिलो भएको नेपाल भलिवल संघका उपाध्यक्ष एवम जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ्गले बताए । विजयी टिमलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष सुनिल गुरुङ्ग, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ्ग र जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष भिम पराजुली लगाएतले अविर र खादा लगाएर खेलाडीलाई सम्मान गरेका थिए ।
कास्कीले फाइनलमा नवलपरासीलाई १३–२५, २३–२५,२४–२६, २२–२५ र १२–१५ सेट अन्तरमा पराजित गरेको थियो ।
प्रतियोगितामा कास्कीका ४ जना खेलाडी मनोज खडका वेष्ट प्लेयर, रोशन गुरुङ्ग वेष्ट सेटर, याम क्षेत्री व्लकर, र पारस गुरुङ्ग वेष्ट डिफेन्डर घोषित भए । जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष खगेन्द्र गौचनले गरेका थिए । प्रतियोगिता मंसिर २९ देखि पुष ४ गते सम्म संचालन भएको र ९ जिल्लाले प्रतिष्प्रर्धा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: