राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिस पोखरामा, पूर्वाञ्चलको प्रतियोगिता पोखरामा किन ?

Share:

पुष ८, पोखरा
नेपाल सरकार,राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुरु भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल पोखरामा हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कास्की जिल्ला टेनिस संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । सभाषद् रबिन्द्र अधिकारीले शनिबार बिहान प्रतियोगिताको उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वमा सञ्चालन गरिएको भएपनि टेनिस पोखरामा गर्न हामीले राखेपलाई आग्रह ग¥यौं र प्रतियोगिता पोखरामा ल्याइयो’ नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले पत्रकार सम्मेलनमा भनिन् । पूर्वाञ्चलमा टेनिस कोर्टहरु एकै ठाउँमा नभएका कारण पनि यो प्रतियोतिगा त्यहाँ सञ्चालन गर्न केहि कठिन हुने भएकाले प्रतियोगिता पोखरामा आयोजना गरिएको राणाले बताइन् । ‘प्रतियोगिता काठमाण्डौमा पनि गर्न सकिन्थ्यो, तर पोखराले संघर्षका साथ छोटो समयमै यहाँ पाँचवटा कोर्ट बनाइसकेको छ, त्यसैले पनि हामीले प्रतियोगिता पोखरा ल्याउन जोड दियौं’–उनले भनिन् ।
प्रतियोगितामा विभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा पाँच विकास क्षेत्रका पाँच टिम गरि ८ टिमको सहभागिता रहने टेनिस प्रशिक्षक सूर्यभुषण बज्राचार्यले जनाकारी दिए । प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरि ६६ जना खेलाडी १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषको टिम इभेण्ट, मेन्स सिंगल, डबल, तथा महिला सिंगल, डबलतर्फ प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता सम्पन्न गर्न १६ जना अफिसियलहरुको पनि सहभागिता रहेको छ । पत्रकार सम्मेलनमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका सचिव लोक गुरुङ्ग लगाएतले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: