पोखराको चाउथेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Share:

पोखरा, ८ पुस-
पोखराको चाउथेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
गएराती ग ८ प ३२११ नम्बरको मोटरसाइकललाई अमरसिंहचोक तर्फ आउदै गरेको ग १ ख ४५४४ ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक पोखरा १३ का २७ बर्षीय अमृत केसीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको हो ।
मोटरसाइकलमा सवार पोखरा १३ निवासी २३ बर्षीय उज्वल गुरुङ घाइते भएका छन् । ठक्कर दिने ट्रक र चालक सान्तराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: