कंगारुको नयाँ कार्यालय ‘सेलवेज टावर’मा

Share:

रेम बिक
पोखरा, ८ पुस । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिनुका साथै विभिन्न खाले ‘प्रोसेसिङ’मा सहयोग गर्दै आएको संस्था कंगारु एडुकेशन फाउन्डेशनको पोखरा शाखा नयाँ ठाऊँमा खुलेको छ । चिप्लेढुंगास्थित ‘सेलवेज टावर’मा कम्पनीले आफ्नो अफिसलाई स्थानान्तरण गरेको हो ।

यसअगाडि महेन्द्रपुलस्थित ‘बिग बाइट’ भवनमा रहेको कार्यालयबाट सेवा दिँदै आएको कन्सल्टेन्सीले विद्यार्थीलाई ‘अझै बिस्तारित रुपमा सेवा दिन’ नयाँ ठाऊँमा सरेको जानकारी दिएको छ । चिप्लेढुंगास्थित कम्पनीको नयाँ कार्यालयलाई शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गरे ।

उद्घानपछि पाण्डेले धेरै संख्यामा रहेका शैक्षिक परामर्श केन्द्रहरुको माझमा कंगारुले आफ्नो उचाईलाई निकै बढाएको प्रतिक्रिया दिए । ‘राम्रो टिम र त्यो टिमबीचको सहकार्यले नै यो कुरा सम्भव भएको हो ।’ उनले भने–‘कंगारुको भविष्य अझै राम्रो छ । विद्यार्थीबीच पनि कंगारु निकै रोजाईको कन्सल्टेन्सी पर्नुको पछाडि उसले दिएको सेवाले गर्दा नै हो ।’ बजारका अरु शैक्षिक परामर्श केन्द्रहरुले कंगारुबाट धेरै कुरा सिक्न सक्ने उनले बताए ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले कंगारुले आफ्नोसँगै देशको फाईदा पनि हेर्नुपर्नेमा जोड दिए । ‘विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि मात्रै नपठाई उनीहरुलाई दक्ष भएपछि स्वदेशमै फर्किएर आफ्नो दक्षता देखाउन पनि कंगारुले परामर्श दिन सक्नुपर्छ ।’ उनले भने–‘यसो भएको खण्डमा मात्रै नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि पठाउनुको अर्थ रहन्छ ।’

त्यस्तै ‘मोटिभेटर’ रमण नेपालीले कंगारुको सफलताबाट धेरै जनाले प्रेरणा लिनुपर्ने बताए । ‘प्रतिस्पर्धा नगरि एकले अर्कोलाई कदर गर्दै गएको खण्डमा भोलीको दिनमा सबै परामर्श केन्द्रहरु उत्कृष्ट बन्न सक्छन् ।’ उनले भने–‘त्यसैले प्रतिस्पर्धा पनि आपसी भाइचारामा हुनुपर्छ ।’

कार्यक्रममा अभिभावकको तर्फबाट बोल्दै साहित्यकार ईश्वरमणी अधिकारीले कंगारुको सेवाबाट आफु निकै प्रभावित भएको प्रतिक्रिया दिए । कंगारु एडुकेशन फाउन्डेशनका केन्द्रीय प्रबन्ध निर्देशक महेशबाबु तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा शाखाकी अपरेशन इन्चार्ज बबिता पराजुलीले स्वागत गरेकी थिईन् । त्यस्तै पोखरा शाखाकै प्रमुख कार्यकारी निर्देशक तुलसी आर काफ्लेले कार्यक्रममा आएका सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

‘सेलवेज टावर’स्थित हालको कार्यालय ४२ सय वर्गफिटमा फैलिएको छ । अन्तराष्ट्रियस्तरको इन्टेरियर डिजाइनमा बनेको कार्यालयमार्फत विद्यार्थीहरुलाई आवश्यक कक्षा, शैक्षिक परामर्श र भिसा प्रोसेसिङको काम गरिने कार्यालयले जनाएको छ । काठमाण्डौको पुतलीसडकमा प्रधान कार्यालय रहेको कंगारु एडुकेशन फाउन्डेशनको कार्यालय चावहिल, पोखरा, चितवन, बुटवल, र बिर्तामोडमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: