पोखरा अब महानगरपालिका बन्ने, विराटनगर र हेटौंडा नबन्ने

Share:

पोखरा, ८ पुस-
पोखरा अब महानगरपालिका बन्ने भएको छ । स्थानीय तहको संख्या र सिमाना निर्धारणसम्वन्धी आयोगले पोखरा र लेखनाथलाई मिलाएर पोखरा महानगरपालिका बनाउन सिफारिस गरेको हो ।
आयोगको सिफारिस अनुसार अब देशभर काठमाडौं र पोेखरा गरी दुई वटामात्र महानगरपालिका हुुने भएका छन् ।
आयोगले मोरङ्ग जिल्लाको विराटनगर उपहानगरपालिकालाई महानगरपालिकामा विस्तार गर्ने प्रस्ताव आयोगले अस्वीकार गरिदिएको छ । त्यस्तै हेटौंडा पनि महानगरपालिका नबन्ने भएको छ ।
आयोगले झापा जिल्ला बाहेक कुल ७ सय २५ वटा स्थानीय तह गठन गर्ने गरी प्रतिवेदन तयार गरेको छ ।
झापाबाहेक ७ सय २५ स्थानीय तह गठन निश्चित भइसकेको छ । अब झापालाई दिएको अधिकतम संख्यामा सहमति भएमा देशभर कुल ७ सय ४१ स्थानीय तह गठन हुने लगभग निश्चित भएको छ ।
आयोगले सुरुमा ५६५ स्थानीय तह प्रस्ताव गरेको थियो । तर, कांग्रेस लगायतका दलहरुले संख्या बढाउनुपर्ने माग गरेपछि सरकारले स्थानीय तह पुनर्संरचनाको मापदण्ड परिमार्जन गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: