लिबियाली विमान अपहरणः सबै यात्रु रिहा, चालक दलका केही सदस्य भने विमानमै

Share:

काठमाडौं, ८ पुस-
अपहरणमा परेको लिबियाको एक बिमानमा रहेका सबै यात्रु रिहा भएका छन् । अहिले विमानमा दुई अपहरणकारी र केही चालक दलका सदस्य रहेका छन् ।

११८ यात्रु सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरण गरेर माल्टामा अवतरण गरिएको थियो । लगतै सुरक्षाफौजले विमानलाई घेरा हाले ।

माल्टा सरकारले अपहरणकारीसँग वार्ता थालेको थियो । त्यसक्रममा सुरुमा महिला र बालबालिका रिहा भए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो । माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले सबै यात्रु रिहा भएको जानकारी दिएका छ्न ।

समाचारहरुमा जनाइएअनुसार अपहरणकारीसँग अहिले पनि कुराकानी भइरहेको छ । तर, अपहरणकारीले के माग राखेका छन् भन्ने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: