भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

Share:

काठमाडौं, ९ पुस –
सरकारले भोलि क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो ।

यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।

तर, शनिबार मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । गृह मन्त्रालयले विज्ञप्ति निकालेर देशभर र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत लागू हुने गरी विदा दिने निर्णय भएको जनाएको छ ।

सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदैआएको थियो । तर, गत वर्ष सरकारले क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिने निर्णय लिएको थियो ।

क्रिश्चियन धर्मावलम्बीहरूले येशु ख्रीष्टको जन्मोत्सव भोलि क्रिसमस डेका रुपमा मनाउँछन् । क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलका बजार र ठूला व्यापारिक स्थलमा ‘क्रिसमस ट्री’ लगायतका सजाइएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: