क्रिसमसको अवसरमा पोखरा पनि झकिझाउ

Share:

पोखरा, ९ पुस-
क्रिसमसलाई लक्षित गर्दै पर्यटकीय नगरी पोखरा पनि झकिझकाउ पारिएको छ ।
बिशेषगरी पोखराको लेकसाईड क्षेत्रलाई अँग्रेजी नयाँबर्ष र क्रिसमसको दोहोरो अवसर पारेर रङ्गिचङ्गि पारिएको हो । क्रिसमसकै अवसरमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल विशेष साङगितिक साझँको आयोजना गरेको छ ।
क्रिसमसको अवसरमा आज लेसाईडमा क्रिसमस इभ पार्टी आयोजना गरेको प्याराडिसो स्पोटर्स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले उत्सवलाई महाउत्सव बनाउन पार्टी आयोजना गरेको बताए ।

क्रिसमस इभ विशेष पार्टीमा डिजे आशिष, मिसिरियस (राज कुमार) र सधै जस्तै बारका कलाकारले प्रस्तुती दिईरहेका छन् ।
साँझ ६ बजेदेखि सुरु हुने पार्टीमा राती सम्मै चल्नेछ । त्यस्तै अंग्रेजी नयाँ बर्षको अबसरमा डिसेम्बर ३१ गते साझँ पनि विशेष कार्यक्रमको आयोजना गरेको उनले बताए ।
‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्षित गरि बार केही महिना पहिले सञ्चालनमा आएको हो ।

कमेन्ट गर्नुहोस्
Share: