
पोखरा, ११ पुस-
पर्यटकीय शहर पोखरामा आन्तरीक पर्यटकको घुइचो लागेको छ । अहिले पोखरामा विशेष गरि शैक्षिक भ्रमणमा आएका विद्यालयका विद्यार्थीका कारण पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढेको हो । पोखराको गहना र पर्यटकको आकर्षणका रुपमा रहेको फेवाताल अवलोकनका लागी आन्तरीक पर्यटकको भीड लागेको छ ।
फेवाताल अवलोकनका लागी दशै र तिहारपछिको समयमा दैनिक २ हजार पर्यटक आउने गरेको फेवाताल डुङगा ब्यवसायी समितिका सदस्य प्रितम कुँवरले बताए। ‘मौसमका कारण टे«किङ जाने बाह्य पर्यटकहरुको संख्या कम भएपनि आन्तरीक पर्यटकक कारण चहलपहल बढेको छ ’उहाँको भनाई छ । कुँवरका अनुसार शनिबार मात्रै ४ हजार भन्दा बढि आन्तरीक पर्यटक फेवाताल घुम्नका लागी आउछन् भने अन्य दिन दैनिक २ हजारको हाराहारीमा आउने गर्छन् ।
विशेष गरि पर्यटकहरु फेवाताल घुम्न, तालको वीचमा रहेको तालबाराही मन्दिरको दर्शक,तालमा डुङगा सयका लागी आउने गर्छन् । फेवातालको बाराही घाटमा मात्रै ३ सय ६५ डुङगा संचालन हुन्छन् भने अन्य तिन ओटा घाटबाट गरि डुङगा संचालन हुन्छन्
