
पोखरा, ११ पुस-
कवि तथा गीतकार रत्नशम्शेर थापालाई भुपी काब्य पुरस्कारबाट आइतबार पोखरामा सम्मान गरिएको छ । कवि भुपी शेरचनको ८१ औ जन्म जयन्तीको अवसरमा आयोजित भुपी काब्य पुरस्कार सम्मान तथा विशेष कवि गोष्ठिमा थापालाई सम्मान गरिएको हो ।
नेपाली कविता र गीतसंगीतको क्षेत्रमा थापाले पुर्याएको योगदानको कदर गदै भुपी काब्य पुरस्कारबाट सम्मान गरिएको आयोजक थकाली सेवा समिति नदिपुरका अध्यक्ष विश्वमोहन गोैचनले जानकारी दिए ।
पोखरा उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, कार्यक्रम संयोजक मिलन शेरचन, संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दोसल्ला, सम्मानपत्र र नगद ५० हजार एक रुपैयाँ सहित सम्मान गरे । १९९४ मा काठमाडौमा जन्मिएका थापाले थुपै कविता र गीतहरु लेखेका छन् ।
