टेनिसमा पश्चिमाञ्चललाई पहिलाे स्वर्ण

Share:

पोखरा, ११ पुस–
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी लन टेनिसमा पश्चिमाञ्चलले पहिलो स्वर्ण हात पारेको छ पोखरा रंगशालामा आइतबार पुरुष टिम इभेण्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो । पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नविन मगरले सन्तोष खत्रिलाई ७–६ र ६–३ को सेटमा पराजित गरे ।

यो संगै प्रतियोगितामा सहभागि पाँच विकास क्षेत्र मध्ये पहिलो स्वर्ण जित्ने पश्चिमाञ्चल भएको छ । अहिले सम्म विभागिय बाहेक अन्य कुनै पनि विकास क्षेत्रले स्वर्ण जित्न नसकेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

टेनिस खेलमै नेपाल पुलिस क्लवले एक स्वर्ण पदक जितेको छ । पुलिसले आर्मी क्लवलाई ३–० ले पराजित गर्दै महिलातर्फको टिम इभेण्टमा स्वण जितेको हो । पुलिका मायिका राणाले अभिलाषा विष्टलाई ६–१, ६–१ ले, मायांका राणाले ऐरा एम राउतलाई ६–१, ७–५ ले तथा मायांका र मायिकाको जोडीले ऐरा र अभिलाषाको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै पुलिका लागि स्वर्ण पक्का गराए ।

पोखरा रंगशालामा आइतबार सम्पन्न अन्य प्रतिस्पर्धाहरुमा मेन्स सिंगलतर्फ पूर्वाञ्चलका महेश श्रेष्ठले मध्यमाञ्चलाक अन्जन थिङलाई, मध्य पश्चिमाञ्चलका चन्द्रबहादुर थापाले पूर्वाञ्चलका डेगेन्द्र श्रेष्ठलाई तथा मेन्स डबलमा मध्य पश्चिमाञ्चलका प्रदिप शाह र हिमाल शाहको जोडीले मध्यमाञ्चलका शिवराम मगर र अदित सुवेदीलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान गराए ।

त्यस्तै महिला सिंगलतर्फ पूर्वाञ्चलका सलोनी तामाङ्गले मध्यमाञ्चलका आल्सा रेग्मीलाई, एपिएफका विभुती कार्कीले मध्यमाञ्चलका रायना शाहलाई, एपिएफका एनि माथेमाले पश्चिमाञ्चला सुभांगि लक्ष्मी शाहलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।

कमेन्ट गर्नुहोस्
Share: