दुःखद खबरः विश्व चर्चित पप गायक जर्ज माइकलको ५३ बर्षकै उमेरमा निधन

Share:

काठमाडौं, ११ पुस–
विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको हृदयघातका कारण निधन भएकाे छ । उनकाे ५३ बर्षको उमेरमा निधन भएकाे हाे ।
सन् २०११ देखि नै निमाेनियाका बिरामी रहेका उनकाे हृदयघात भएपछि उपचारकै क्रममा मृत्यु भएकाे हाे ।
माइकलले सन् १९८० को दशकमा गायन क्षेत्रमा निकै ख्याती कमाएका थिए ।
उनका १० करोड एल्बम बिक्री भइसकेका छन् । उनी गाउनका अलावा लेख्न र संगीतमा पनि उत्तिकै चासाे राख्थे । माइकलका लास्ट क्रिसमस, केयरलेस ह्वीसपर, फ्रीडम लगायतका गीत निक्कै चर्चीत छन् ।
उनको निधनले प्रशंसकहरु एकदमै दुःखी बनेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: