पोखराको फुलबारीमा नयाँ बर्ष विशेष कार्यक्रम

Share:

पोखरा, १५ पुस-
पोखराको फुलवारी रिसोर्ट एण्ड स्पामा नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ । अंग्रेजी नया वर्षको अवसरमा रिसोर्टले पुष १६ गते साँझ आफ्ना ग्राहकहरुका लागि बिशेष कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार अभय एण्ड द स्टिम इन्जंसको प्रस्तुतीका साथै डिजे सेसन हुने रिसोर्टले जनाएको छ ।
“हामीले अंग्रेजी नया वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटकका लागि रेष्टुरेण्ट मेनु र होटलमा बिशेष छुट गरेका छौं रिसोर्टका रेसिडेण्ट म्यानेजर रामकृष्ण क्षेत्रीले भने” । नया बर्ष इभको दिन हुने कार्यक्रमका लागि टिकटको ब्यवस्था गरिएको समेत उनले जनाए । इभका लागि राखिएको कार्यक्रममा प्रतिब्यक्ति रु ३ हजार तथा कपलका लागि रु ५ हजार ५ सय टिकट दर तोकिएको छ । प्रत्यक टिकटमा गाला डिनर तथा ड्रिङ्कसको ब्यवस्था गरिएको रिसोर्टले जनाएको छ । कार्यक्रम पुष १६ गते मध्यरात सम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: