संशोधन प्रस्ताव अघि बढाएपछि मात्रै चुनावको मिति घोषणा गर्ने सरकार र मोर्चाबीच सहमती

Share:

काठमाडौं, १६ पुस-
संविधान संशोधन प्रस्ताव अघि बढाएपछि मात्र चुनावको मिति घोषणा गर्ने सरकार र मधेसी मोर्चाबिच सहमति भएको छ ।
शनिबार बिहान हान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र मोर्चाका नेताहरुबीच यस्तो सहमती भएको हो ।
संविधान संशोधन प्रस्ताव अघि बढाएपछि मात्र चुनावको मिति घोषणा गर्ने सहमति भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री दाहाल, मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी थिए ।
सत्तारुढ दलले आउँदो सोमबारदेखि विपक्षी दलको अबरोध कायमै रहेपनि संसदमा संधिवान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: