
पोखरा, १६ पुस-
पूर्व सांसद एंव उद्योगपति सूर्य बहादुर केसीले माछापुच्छ्रे गाविसको झ्याम्लुङ्मा ३६ मेगावाटको हाईड्रो पावरको निर्माण गर्ने बताएका छन् । कास्कीको माछापुच्छ्रेमा २५ औँ गाँउ परिषदमा केसीले होईडोपावर निर्माणको काम छिटै सुरु हुने बताए । परिषदमा स्थानिय स्तरमा संचालित पुराना योजनाहरुको कार्य प्रगतिका विषयमा समिक्षा तथा नयाँ योजना छनौट गरेको थियो ।
परिषदमा कार्यक्रममा गाविसका सचिव जगन्नाथ अधिकारीले चालु आर्थीक वर्ष ०७३/७४ को प्रस्तावित बजेट रु. ७४ लाख १ हजार ७ सय २१ र आगामी आर्थीक वर्ष ०७४/७५ को अनुमानीत बजेट रु ७५ लाख ३० हजार २१ रुपैयाँको आय व्ययका बारे जानकारी दिएका थिए ।
उनका अनुसार चालु आवको पुर्वाधार तर्फ रु २३ लाख ३३ हजार ७ सय ७६ र लक्षित तर्फ कृषीमा रु ८ लाख २७ हजार २ सय ४६, जनजाती, आपङग्, दलित र जेष्ठ नागरीकहरुलाई रु ८ लाख २७ हजार २ सय ४६ र महिला तर्फ ५ लाख ५१ हजार बजेट विनियोजन गरिएको छ ।
