रुपातालमा अब ६ मिटर उचाईको बाँध बन्ने

Share:

लेखनाथ, १७ पुस-
कास्कीको लेखनाथमा रहेको तेश्रो ठूलो ताल रुपातालको संरक्षणका लागि वाँध निर्माण गरिने भएको छ । बाँध निर्माणका लागि नेपाल सरकारको पहलमा गठन भएको रुपाताल संरक्षण एकीकृत परियोजना कार्यालयको आइतवार विशेष समारोहका विच रुपातालको किनारामा उद्घाटन गरिएको हो । परियोजना कार्यालयको उद्घाटन गर्दै सिँचाई मन्त्रि दिपक गिरीले जुनसुकै विकास निर्माणको कार्यका लागि राजनैतिक एकताको खाँचो रहेको विचार राखेका थिए ।
ताल तलैयाहरु राष्ट्रकै प्राकृतिक संम्पदा भएकाले यिनीहरुको संरक्षण गर्नु राज्यको दाइत्व भएको धारणा राख्दै राजनैतिक एकताको माध्यमवाट अगाडी वढ्न सवैमा अनुरोध गरेका थिए । सरकारले अगाडी सारेको परियोजनालाई सफल पार्न यहाँका स्थानीय वासीहरुको सहयोग र सद्भावको आवश्यकता भएको विचार राख्दै बाँध निर्माणका लागि सरकारी तहवाट जनता पनि नठगीनेगरी र सरकारलाई पनी मर्का नपर्ने गरी उचित मुअब्जा दिलाउन आफुहरु तयार रहेको कुरा वताएका थिए । ताल संरक्षणले यस क्षेत्रमा पर्यटकीय गतिविधि संगसँगै आय आर्जनको लागि सिँचाईको व्यवस्था समेत गरीने छ, मन्त्री गिरीको भनाई रहेको छ ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले पर्यटनको संभावना वोकेको रुपातालको एकिकृत विकासका लागि सकारात्मक सोचले अगाडी वढ्नु पर्नेमा जोड दिदै गलत मनसायले परियोजनालाई नै असर पुग्ने गरी अन्य कार्यहरु नगरी अगाडी वढ्न आग्रह गरेका थिए । परियोजनावाट कसैलाई फाइदा र कसैलाई नोक्सानी नहुनेगरी राष्ट्रिय संम्पदाको सरक्षण गर्ने हेतुले सुद्ध भावनाले सहयोग गर्न सवैमा अनुरोध गरेका थिए । सोही अवसरमा विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीले सवै जनताहरु जागरुप भएर परियोजनालाई सफल पार्नु पर्ने दायित्व जनतामा रहेको हँुदा राजनैतिक स्वार्थ भन्दा माथि उठेर तोकिएको समयमा परियोजनालाई सफल पार्नु पर्छ उनको भनाई रहेको थियो साथै उनले अवको राजनैतिक समृद्धी र विकासका लागि हुन पर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले जनताको सद्भावना विना अगाडी वढ्न नसक्ने ठोकुवागर्दै राजनैतिक वाट मुक्त समाजको निर्माण गर्नुपर्छ उनको सुझाव थियो । सोही अवसरमा सांसद यज्ञवहादुर थापाले स्थानीयवासीको राय सल्लाह अनुसार परियोजनालाई अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए भने पुर्व स्वास्थय मन्त्री खगराज अधिकारीले स्थानीयवासी लाई उचित मुअव्जाको व्यवस्थागरी परियोजनालाई अगाडी वढाउनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा सांसद जिवन परियारले विकासका लागि सहकार्य अपरिहार्य रहेको विचार राखेका थिए ।
१ सय ३५ हेक्टरमा फैलीएको रुपातालमा करिव १ अर्वको लागतमा ६ सय ६५ मिटर लम्वाई र ६ मिटर उचाईको बाँध निर्माण गरे पछि पानीको सतह ३ मिटर वढ्ने भएको छ । सो बाँध निर्माण पछि त्यस क्षेत्रका कृषि योग्य भुमिमा सिचाईको समेत व्यवस्था मिलाउने भएको छ । वाँध निर्माणका लागि करिव ८ सय ५५ रोपनी जग्गा व्यक्तिको पर्ने र सोही अनुरुप राज्यले मुअव्जाको व्यवस्था समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: