
पोखरा, १८ पुस-
काठमाडौमा प्रधानकार्यालय रहेको पास टुर्स एण्ड ट्राभल्सले आजदेखि पोखरामा शाखा विस्तार गरेको छ । शाखाको ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (वान)का केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले उद्घाटन गरे ।
उनले सेवामूलक उद्योगका रुपमा रहेका ट्राभल्स ऐजेन्सीले पोखरामा पर्यटक भित्राउन महत्वपूर्ण भूमिका पु¥याउने बताए ।
३ जना युवा व्यवसायी आनन्द क्षेत्री, प्रदीप परियार र सुनिल नारायण डंगोलको संयुक्त लगानीमा उक्त ट्राभल्स पोखराको ड्यामसाइडमा संचालनमा आएको हो ।
ट्राभल्सले नेपाल घुम्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरी ट्राभल्सको व्यवस्था गरेको संस्थाका अध्यक्ष आनन्द क्षेत्रीले बताए ।
भविष्यमा छिट्टै नै पोखरा–काठमाडौं पर्यटक बस संचालन गर्ने र नेपालका मुख्य सहरहरुमा सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । ट्राभल्सले हवाइ टिकट, टुरिष्ट बस, डिलक्स बस, हेलिकोप्टर चाटर्ड, होटल बुकिङ, सिधा दिल्ली बस सेवालगायत सुविधा दिने जनाइएको छ ।
पोखरामा १५२ वटा ट्राभल्स एजेन्सी संचालनमा छन् ।
