
पोखरा, १८ पुस-
पोखराको न्यूरोडमा माईक्रोबसको ठक्करबाट एकजना महिलाको ज्यान गएको छ ।
चिप्लेढुङ्गाबाट न्यूरोडतर्फ जाँदै गरेको ग १ ख ३७ ५२ नम्बरको माईक्रो बसले ठक्कर दिँदा सोही स्थान निवासी ४५ वर्षिया रुविना गुरुङको ज्यान गएको हो ।
गण्डकी विकास बैँकतर्फ जाने क्रममा बाटो काट्दा उनलाई माइक्रोबसले ठक्कर दिएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् । मृतक महिलाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
कमेन्ट गर्नुहोस्
