
पोखरा, १५ माघ–
सातौँ सँस्करणको बिग आइकन शनिबारदेखि शुरु हुने भएको छ ।
यो पटक बिग आइकनमा ५४ जिल्लाका ११ सय ५२ जना गायन प्रतिभाहरुले सहभागिता जनाउने अायाेजक संस्था विग एफएमले जनाएको छ । विभिन्न चरणका २१ वटा अडिसनपछि ग्राण्ड फिनाले चैतमा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
‘सहभागिताको हिसाबले यो सँस्करणमा अहिलेसम्मकै सबैभन्दा बढि प्रतिस्पर्धीहरु बिग आइकनको मञ्चमा उत्रिँदैछन् ।’ बिग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘र, यो पटक अघिल्ला सँस्करणभन्दा अझै बढि भव्य तवरले बिग आइकन हुनेमा हामी विश्वस्त छौँ ।’ भूकम्प र नाकाबन्दीको चर्को मारको बेलामा पनि छैठौँ बिग आइकनलाई सफल बनाएको अनुभवले यो पटक अझै सजिलो बनाएको भण्डारीले बताए ।
एफएमले बिग आइकनको सातौँ सँस्करणको लागि २५ लाख रुपैयाँ लागत अनुमान गरेको छ । करिब दुई महिना चल्ने यो सँस्करणको बिग आइकनमा श्यामसुङ तामाङ, सुनील थापा र विवेक श्रेष्ठ निर्णायक रहनेछन् । प्रतियोगितामा उत्कृष्ट १० सम्म छनौटका लागि निर्णायकको सर्वाधिकार रहनेछ भने उत्कृष्ट १० पछि उत्कृष्ट ३ सम्म निर्णायकको अग्राधिकार रहनेछ । ग्राण्ड फिनालेका लागि छनौट भएका उत्कृष्ट तीन प्रतिस्पर्धीमध्ये बिजेता छनौटको सम्पूर्ण अधिकार भने स्रोताले गर्ने एसएमएस भोटिङमा रहनेछ ।
‘बिग आइकनको उँचाई र गरिमा निकै बढिरहेको छ । देशभरबाट वर्षेनी यो मञ्चमा आउने गायन प्रतिभाहरुको सहभागिताले यसलाई देखाउँछ ।’ निर्णायक म ध्येका एक सुनील थापाले भने–‘निर्णायकको हिसाबले हामी एउटा सबल र सक्षम प्रतिभा छनौट गर्ने कुरामा कुनै कसर बाँकी राख्नेछैनौ ।’ निर्णायकीको हिसाबले अहिलेसम्म कुनै पनि आरोप नलागेको बिग आइकनको यो सँस्रकणमा पनि यो कुरालाई निरन्तरता दिईने उनले आश्वस्त पारे ।
यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । यी सबै बिग आइकन बिजेताहरु साँगीतिक फाँटमा क्रियाशिल रहेको बिग एफएमले जनाएको छ ।
बिग आइकनको सातौं संस्करणको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् । त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
