आहारारा गोल्डकप: उपाधिका लागि अाज मनाङ र सहारा भिड्दै

Share:

पोखरा, १५ माघ–
पाेखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी र आयोजक सहारा क्लब भिड्ने भएका छन् ।

यही माघ ४ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगितामा अमेरिकाको एएनए युएसए फुटबल टिम, बङ्लादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबसहित १२ टिमको सहभागिता थियो ।

विजेता टिमले रु पाँच लाख एक हजार एक र उपविजेता टिमले दुई लाख ५१ हजार एक, कप, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एकजनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: