
पोखरा, १५ माघ-
कवि ध्रुव थापाको पहिलो कविता सङ्ग्रह जूनको शहर शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, कविकी आमा कलावती थापा र तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभएको हो । कार्यव्रmममा कुलपति सरुभक्तलेनेपाली साहित्यिक इतिहासको लेखाजोखा गर्दा डायस्पोरिक साहित्यको मूल्याङ्कन गर्न छुटाउन नहुने बताउनुभयो । विगत एक दशकदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएका कवि थापाले पनि नेपाली साहित्यमा डायस्पोरिक लेखनमा राम्रो प्रभाव राख्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।उहाँले साहित्य साहित्यिक वैश्विक सम्पत्ति र रोग प्रतिरोधात्मक औषधि भएकोमा जोड दिनुभयो ।
प्रकाशक अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीलको अध्यक्षतामा भएको कार्यव्रmममाकृतिको समीक्षा गर्दै सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक अल्पज्ञानीलेजूनको शहरभित्र परिवर्तित समाज र समाजिक प्रतिबिम्बनहरु आएका बताउनुभयो । उहाँले विदेशमा बसेर नेपाली माटोप्रति गरिएको गहिरो प्रेम र आफूभित्र रहेको सिर्जना शक्तिलाई कवितामार्फत् उजागर गर्नु नै थापाको महत्वपूर्ण उपलब्धी भएको धराण राख्नुभयो ।
कवि थापाले रङ्गमन्च हुँदै आफूले थालेको यात्रा कविता सङ्ग्रहसम्म आइपुगेको भन्दै भविष्यमा आफू उपन्यास प्रकाशन गर्ने सोचमा रहेको बताउनुभयो । उहाँले आफू अमेरिका बसे पनि नेपाल समाज र देशको परिवर्तनको पक्षमा रहेको भन्दै आफ्ना विचारहरु कवितामार्फत् राखेको बताउनुभयो ।
कार्यव्रmममा आँबु खैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ, प्रगतिशील लेखक सङ्घ, कास्कीका अध्यक्ष भीम रानाभाट, चलचित्रकर्मी माओत्से गुरुङ, फेवा विकास बैङ्कका कार्यकारी अधिकृत रेशमशहादुर थापा, कवि सुरज उपाध्याय, समाजसेवी कमलबहादुर थापा, कमला थापालगायतले शुभकामना दिनुभएको थियो ।
अनुपम म्युजिकका सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सदस्य गोविन्द सिन्जालीले स्वागत गर्नुभएको थियो ।
