नयाँगाउँका १२ वर्षे बालक ३ दिनदेखि वेपत्ता

Share:

पोखरा, २१ माघ-
पोखरा उपमहानगरपालिका वडा नं. १५ नयाँ गाउँ खरबारी वस्ने १२ वर्षे वालक अस्तिदेखि बेपत्ता भएका छन् ।

पर्वत जिल्ला पाखापानी १ स्थायी घर भई विगत ८ वर्षदेखि पोखरामा वस्तै आएका भारतिय सेनाका जागिरे बुबा पुर्णबहादुर र आमा दुर्गा क्षत्रीका कान्छो छोरा सुवास क्षत्री बुधबार साढे चार वजेदेखि हराएका हुन् ।

वेलुकीसम्म आउने आशमा कतै खबर नगरी वसेका परिवारका सदस्यहरु रात परिसक्दा पनि घर नआए पछि आत्तिए । आफन्त, साथीभाईहरुकोमा सोध्दा पनि कुनै खबर पाउन नसकेपछि प्रहरीमा हिजै रिपोर्ट गरेको बुबा पुर्णबहादुर क्षत्रीले वताए ।

यस वारेमा प्रहरीमा सोधपुछ गर्दा खोजी कार्य तिव्र पारिएको, सबै प्रहरी कार्यालयहरुमा जानकारी गराइ सकिएको वताए ।

कमेन्ट गर्नुहोस्
Share: