‘तिमीले जे भनेनी मान्छु’ का गायकले ल्याए अर्को नयाँ गीत ‘शंकाको घैलो’ (भिडियो सहित)

Share:

माघ २१ गते-
तिमीले जे भनेनी मान्छुको अपार सफलता पछि लोक तथा दोहोरी गायक किसान नेपालीले आफ्नो तेस्रो साङ्गीतिक कोशेली शंकाको घैलो बजारमा ल्याएका छन् ।

उमेश अधिकारीको शब्द तथा लय सृजना रहेको गीतमा गायक नेपालीलाई नव गायीका शोभा श्रेष्ठ आचार्यले साथ दिएकी छन् । हर्षित मुद्रामा भेटिएकी गायीका आचार्य हामीसँगको भेटमा कुराकानी गर्दै भन्छीन् मलाइ यो गीत उमेश भाइको मुखबाट पहिलो पटक सुन्दा नै मन परेको थियो अनि किसान भाइसँग कुरा भयो र दुई जनाको सहकार्यमा गीत बजारमा ल्याइयो खुशी छु ।

चर्चित गायक एवम् सञ्चारकर्मी कृष्ण सुबेदिको निर्देशनमा रहेको गीतको छायङ्कन चर्चित क्यामेरामेन राजेश घिमीरेले गरेका हुन भने भावना म्युनिक क्रियशनले बजार ब्यबस्थापन गरेको छ । गीतको बिषयमा गायक नेपाली भन्छन् मलाई मेरा अगाडिका गीत घचघभाएर तेस्रो गीत नगरी सुखै पाइन । आज मलाइ अधिकांशले बाटोमा भेट्दा पनि बोल न ए कान्छु भन्दै जिस्काउने गर्छन् । मलाई त्यतिबेला भेरै खुशी लाग्छ । आशा छ शंकाको घैलोलाई पनि उत्तिकै माया गर्नुहुनेछ ।

पोखराको दोबिल्लामा खिचिएको भिडियोमा रितु सुनार र जोन गुरुङलाई पाउन सकिन्छ भने भिडियो सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

कमेन्ट गर्नुहोस्
Share: