आजदेखि टेलिकमको प्रिपेडमा पनि फोर जी सेवा उपलब्ध, यसरी गर्नुहोस् एक्टिभ

Share:

माघ २२ गते–
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुका लागि आजदेखि फोर जी सेवा सुरु गरेको छ । काठमाडौं र पोखराका प्रिपेड उपभोक्ताले यो सुविधा उपभोग गर्न पाउनेछन् ।

यसअघि पुष १७ गतेदेखि पोष्टपेड ग्राहकले फोर जी प्रयोग गर्दै आईरहेका छन् ।

मोवाइलमा फोर जी सेवा सुरु गर्न सेटिङ्गमा गएर एलटिई इनेवल गर्नुपर्छ । एलटिइ इनेवल गर्नका लागि ८४४४३ थिचेर आवश्यक निर्देशनअनुसार प्रक्रिया सुरु गर्नुपर्नेछ ।

यदी तपाईंको सिम पुरानो छ भनवे नयाँ सिम लिनुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
Share: