प्लाष्टिक पोकामा खुल्ला दूध खरिद गर्दा ख्याल गर्नुहोस्

Share:

पोखरा, २२ माघ–
विगत केही समयदेखी पोखरा नगर क्षेत्र तथा जिल्लाका विभिन्न स्थानहरुमा बाहिरी जिल्लाहरुबाट ल्याईएका दुधहरु प्लाष्टिक पोकामा खुल्लारुपमा विक्री वितरण भई रहेको भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित पसलहरुको अनुगमन गरी आवश्यक निर्देशन समेत दिई सकिएको जनाएको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्ता खुल्लारुपमा दुध विक्री वितरण गर्नु हुने विक्रेताहरुले कहाँ बाट संकलित दुध कति मूल्यमा विक्री वितरण भएको भन्ने स्पष्ट खुलाई उपभोक्ताहरुले देख्ने गरी सूचना टाँस गर्नु हुन र आम उपभोक्ताहरुले समते आफूले चाहेको स्थानको दुधको वारेमा सोधपुछ गरी मात्र खरिद तथा उपभोग गर्नु हुन अनुरोध गरेको छ ।

दुधको गुणस्तर लगायतका विषयमा यस कार्यालयबाट निरन्तर अनुगमन भैरहेको व्यहोरा समेत सूचना द्वारा जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: