केपी ओली र तराईलाई विखण्डनको योजना वनाउने सिके राउत दुवै उस्तै भएकाे अाराेप

Share:

पोखरा, २३ माघ-
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मणी थापाले गणतन्त्र लगाएत परिवर्तनका उपलव्धीहरुको रक्षा गर्ने र त्यसलाई उल्ट्याउन खोज्नेहरु वीच दुई धारको लडाई जारी रहेको बताएका छन् ।

वाईसिएल कास्की र क्रान्तीकारी यु्वा लिग कास्की लगाएत माओवादी घटक युवा संगठनहरु वीच शनिवार पोखरामा भएको एकता भेलालाई सम्वोधन गर्दै थापाले मिलेर वसेको नेपाली समूदायलाई संघियताले फुट ल्यायो भनेर साम्राज्यवादीहरुले अफवाह फैलाउन लागी परेको वताए ।

‘गणतन्त्रलाई टेकेर साम्यवादमा पुग्न खोज्ने माओवादीलाई रोक्नका लागी एमालेले नक्कली राष्ट्रवाद अगाडी सारेको छ’, उनले भने –‘ अतीराष्ट्रवादको नाममा दक्षिणपन्थी हावा खेलेको छ’ । उनले यसको संयोजन पनि राष्ट्रपती कार्यालयवाटै हुने गरेको दावी गरे । ‘ईतिहासमा कहिल्यै नहारेको नेपाल लाई टुक्रिने भो भन्ने मनोविज्ञान एमाले अध्यक्ष ओलीले वलजफत ल्याउन खोज्दै छन् । यो उनको दक्षिणपन्थी चिन्तन मात्र हो’ उनले भने  ।

नेता थापाले एमाले अध्यक्ष केपी ओली र तराईलाई विखण्डनको योजना वनाउने सिके राउत दुवै उस्तै/उस्तै भएको टिप्पणी गरे । ‘मधेसीलाई फुटे फुटोस भन्ने, कालो छाला भएका जतीलाई भारतीय देख्ने ओलीको अहंकारवाद हो । मधेसलाई नेपालवाट छुट्याउन हतियार उठाउन खोज्ने पहाडी अनुदारवाद सिके राउतको अर्को अहंकार हो’, उनले भने । थापाले दुवै अहंकारवादलाई मिलाउन माओवादी अध्यक्ष प्रचण्डले मध्यमार्गवाट अगाडी वढ्न प्रयत्नशील भएको वताए । दक्षीणपन्थी हावावाट परिचालीत भएर ओलीले आदिवासि, जनजाती, मधेसी, मुस्लीमलाई अधिकार सम्पन्न वनाउने गरी ल्याईएको संविधान संसोधन प्रस्तावको विरोध गरेका छन । संविधान संसोधन गरेर निर्वाचन मार्फत संविधानको कार्यान्वयन हुनुपर्नेमा संसोधनको विरोध गरेर ओलीले संविधानको कार्यान्वयनमा वाधक वनेको उनको भनाई थियो ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं कास्की ईन्चार्ज राजकाजी गुरुङ ‘करण’ले परिवर्तनका उपलव्धीलाई सस्थागत गर्न उत्साहित भएर लाग्न युवाहरुलाई आग्रह गरे । उनले निर्वाचनलाई केन्द्रीत गरि युवाहरुहलाई परिचालन गर्न सुझाव दिए ।

वाईसियलका पुर्व उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख लक्ष्मी चौंलागाईले देश विखण्डनकारी प्रतिक्रियावादी शक्तिका विरुद्ध माओवादी शक्तिहरु एकभएर लागनुपर्नेमा जोड दिए ।

संगठन प्रमुख रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले सात प्रदेशमा युवाहरको सातवटै व्रिगेड तयार पारेर विकृती र विशंगतीका विरुद्ध वाईसियल लागि पर्ने वताए ।

वाईसियल कास्कीका अध्यक्ष विनय थापाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी कास्कीका सह ईन्चार्ज रामजी वराल, विद्यार्थी नेता प्रविणा अधिकारी, क्रान्तिकारी युवा लिगका संयोजक नविन गुरुङ, वाईसियल प्रदेस नं चारका संयोजक सुमन देवकोटा लगाएतले शुभकामना व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: